फिल्म ’सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्धन भएका छन् । अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा हो र यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफुले दिलो ज्यानले मेहनत गरेर आफुलाई प्रमाणित गर्ने बताए । ’सुम्निमा’ ले बमजनको करियरमा इट्टा थप्ने आशा गर्न सकिन्छ ।
गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिशुद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए । फिल्मको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छन् । फिल्मको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए । निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर ब्यापार गरेको छ । बायोपिक फिल्ममा सबै भन्दा बढी व्यापार गर्ने रेकर्ड पनि ’अन्जिला’ ले बनाएको छ ।