‘यो मन त मेरो नेपाली हो’ हेरेका दर्शक के भन्छन् ? ‘यो मन त मेरो नेपाली हो’ हेरेका दर्शक के भन्छन् ?

शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेर निस्किएका दर्शकले खुलेरै तारिफ गरेको निर्माण पक्षको भनाई छ । फिल्मले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्ने पर्ने फिल्म बनेको प्रतिक्रिया दिएका छन् ।

दर्शक भेट्न फिल्मका कलाकारहरु रोशन श्रेष्ठ,बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पुर्वको बिभिन्न हलमा पुगेका छन् । दमकमा चलचित्र हेर्ने दर्शक बढे सगै प्रतिक्रिया लिन चलचित्र युनिट पुर्व पुगेको हो । आइताबार बेलुका दमकको डी म्याक्स हलमा कलाकार पुग्दा हलमा हाउसफुल दर्शक थिए । चलचित्र हेरेर निस्किएका दर्शकले साचिकै मन छुने चलचित्र बनेको भन्दै चलचित्र हेर्दा धेरै ठाउमा आसु खसेको बताउनु भयो ।

‘यो मन त मेरो नेपाली हो’ हेर्न पुगेका चर्चित युटुबर भाग्य न्यौपानेले चलचित्रले आफ्नो मन छोएको र निकै सुन्दर चलचित्र बनेको प्रतिक्रिया दिए । बिशेष गरेर भुटानी नेपाली शरणार्थीहरूले फिल्म हेरेर पछि आफुलाई पुरानो दिनको याद गरेको भन्दै भक्कानिदै रोएका थिए । फिल्म हेरेपछि धेरै दर्शक हलमा नै रोएका थिए । निर्देशन मित्र प्रधानले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आउंदा आफुलाई हौसला मिलेको बताउनु भयो ।

फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छन् । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।

फिल्म ’सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्धन भएका छन् । अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा हो र यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफुले दिलो ज्यानले मेहनत गरेर आफुलाई प्रमाणित गर्ने बताए । ’सुम्निमा’ ले बमजनको करियरमा इट्टा थप्ने आशा गर्न सकिन्छ ।

गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिशुद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए । फिल्मको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छन् । फिल्मको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए । निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ।

राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर ब्यापार गरेको छ । बायोपिक फिल्ममा सबै भन्दा बढी व्यापार गर्ने रेकर्ड पनि ’अन्जिला’ ले बनाएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti