राजधानीबाट ‘परिवार’ नामक फिल्मको छायाँकन प्रारम्भ राजधानीबाट ‘परिवार’ नामक फिल्मको छायाँकन प्रारम्भ

फिल्म ‘परिवार’ को निर्माण सँगै छायाँकन सुरु भएको छ । मदन थापाको निर्देशन रहने फिल्मको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायांकन गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

निर्देशक थापाले यस अघि फिल्म ‘बाटोः रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् । फिल्म ‘परिवार’को अनाउन्समेन्ट पोस्टरमा चारजना व्यक्ति छन् । एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ । दुईवटी श्रीमती हो कि भन्ने शंका गर्न सकिन्छ । सँगै कुकुर र बिरालो पनि छन्।

टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ । परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।

चलचित्रमा को–को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन ।

चलचित्रमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

चलचिको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ । निरज कँडेलको डिओपी रहने सिनेमामा शेर शाही क्रिएटिभ डिरेक्टर छन् ।

स्टाइल डिरेक्सन विशाखा बिक्रम थापाको रहनेछ भने सिनेमेटोग्राफी विशेष महर्जनको रहनेछ । चिफ एडी सिर्जजा भुजेल, असिस्टेन डिरेक्टर राजिव गहतराज, एक्सन डिरेक्टर एनबी महर्जन रहनेछन् । लाइन प्रोडुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन् ।

रे अफ आर्टको प्रस्तुति रहने चलचित्रमा भिसा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti