सजन श्रेष्ठले दिए साइबर ब्युरोमा उजुरी सजन श्रेष्ठले दिए साइबर ब्युरोमा उजुरी

हाँस्य व्यांग्य कलाकार सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका छन् ।


उनले सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन् । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारवाही गर्न समेत उनले माग गरेका छन् ।

गत साता सजनसहित अर्का कमेडियन उत्सव सापकोटा, पडकास्ट सुशान्त प्रधान लगायत विरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो । यो विवादमा सजनले भिडियोबाट माफी मागिसकेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti