चर्चित हाँस्यव्यांग्य कमेडी रियालीटी शो ‘कमेडी दरबार’का विक्की अग्रवाल र श्रद्धा प्रसाईंले फिल्म निर्देशन गर्ने भएका छन् । सोमबार पोस्टर रिलिज गर्दै फिल्म क का कि की निर्देशनको श्रद्धा र विक्कीले औपचारिक रुपमा घोषणा गरेका हुन्।

पोस्टरमा अभिनेत्रीत्रेय रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकरलाई भिन्न अवतारमा निर्देशकद्वायले प्रस्तुत गरेका छन् । साथमा अभिनेता महेश त्रिपाठी र कमेडी दरबारका कलाकारहरुलाई समेत फिल्ममा महत्वपूर्ण भूमिकामा देख्न सकिनेछ । फिल्मको लेखन निर्देशक अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरिरहेका छन् भने छायाँकन सुदिप बरालको रहनेछ । सार्वजनिक फिल्मको पोस्टर केशव पाण्डेले खिचेका हुन् भने ढाँचा रोयल भिमसेनको हो।
माया इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्ममा निर्मातामा श्रद्धा प्रसाईं र सुमित्रा थापा रहेका छन् । फिल्मको छायाँकन दशैं पश्चात् सुरु गर्ने निर्माण पक्षको योजना रहेको छ भने प्रदर्शन सम्भवतः अगामी नयाँ सालमा गर्ने बुझिन्छ।
फिल्म ‘क का कि की’मा रेखा थापा र गौरी मल्ल फिल्म ‘हिरो’ पछि दोश्रो पटक एक साथ प्रस्तुत हुँदैछन् भने दशक पश्चात् तृप्ती नाडकरले नेपाली फिल्ममा पुनरागमन गरेकी हुन् ।