फिल्म ‘राम नाम सत्य’मा टिकटक स्टार आयुष सिंह ठकुरीलाई कलाकारको रुपमा अनुबन्धित गरिएको छ । फिल्मको निर्माण पक्ष र आयुषबचि यसै साता कागजी संझौता समेत भएको छ । माइकल चन्दले निर्देशन गर्ने फिल्ममा यस अगाडी विराज भट्ट मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्।
‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैंले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ’ आयुषको भनाई छ । फिल्म ‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत पनि गरिरहेका छन् । फिल्मका निर्देशक माइकल चन्दले भने–‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन् ।’
यो फिल्ममा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुने निर्माण पक्षले बताएको छ । साउनको २९ गते शुभ साइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माण पक्षको छ ।