‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’लाई बाह्र लाखले हेरे ‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’लाई बाह्र लाखले हेरे

फिल्म ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लाई दर्शक तथा श्रोताले रुचाएका छन् । खेम सेन्चुरीको संगीत रहेको गीतमा २० हजार भन्दा धेरै टिकटक भिडियो बनेका छन्।

युट्युबमा गीतको भिडियो हेर्नेको संख्या बाह्र लाखभन्दा बढी छ । “नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ,” निर्देशक सरोज पौडेल भन्छन्, “हाम्रो अपेक्षाअनुसार नै दर्शकले मन पराइदिनु भएको छ । दैनिक हजारौँले भिडियो बनाइरहनु भएको छ ।” गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ।

गीत तीजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन्।

निर्माणपक्षले यो गीतमा टिकटक प्रितस्पर्धा समेत घोषणा गरेको छ । प्रितस्पर्धा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्नेछ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउनेछन् ।

‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ गतेदेखि रिलिज हुँदैछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti