‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टर दुई भाव ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टर दुई भाव

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ । पोस्टरमा कलाकारहरुको खुसी र तनावयुक्त भाव देख्न सकिन्छ।

पोस्टरमा रहेका अन्य कलाकार शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन् । प्रकाश, गौमाया र लक्ष्मी भने केही तानवमा देखिन्छ । यो पोस्टरमा पनि सरकारी कार्यालय छुटेको छैन । जिल्ला कारागार मोरङ छ । अर्को एक सरकारी कार्यालय पनि देखिएको छ । तर, कुन हो प्रष्ट छैन।

पोस्टर र कलाकारको अनुहारमा गरिएको रङ संयोजनले आँट र तनाव र गंजागोलको संकेत गरेको छ । तर, केका लागि भन्ने प्रष्ट छैन । पैसा, सम्बन्ध, विश्वास जे सुकैको पनि हुनसक्ने अनुमान लगाउयन सकिन्छ । यसअघि सोमबार ‘अभिमन्यु : च्याप्टर १’को दुईवटा पोस्टर सार्वजनिक भएको थियो ।

त्यसमा पनि खुसी र तनाव देखाइएको थियो । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वर्ल्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti