यो दशैंको फूलपातिमा असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘माइतीघर’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले रोहित अधिकारीले शुक्रबार पोस्टर सार्वजनिक गरेका हुन् ।
रोहित अधिकारी निर्मित फिल्मको पोस्टरमा शीर्ष कलाकार केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, श्यामाश्री शेर्पा फिचर्ड छन् । मिलन तामाङको निर्देशनमा बनेको फिल्मलाई म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा छायांकन गरिएको हो।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा फिल्म निर्माण भएको हो । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन्।