फिल्म महादशा मा दर्पण छायाँ जोडी उत्तम प्रधान र निरुता सिंह अनुबिन्धत भएका छन् । लामो समय पछि उत्तम र निरुता फिचर्ड फिल्ममा फर्किएका हुन् । किरण नेपालीले निर्देशन गर्ने फिल्ममा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने छ ।
लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ । मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमलादेवी राईले लगानी गरेका छन् । सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् । उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले फिल्म क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास छ।
उत्तमले फिल्म कल्ली मा काम गरेका छन् भने निरुता छत्तिसको आँकडा फिल्मको छायाँकन गर्दैछन् । निरुता र उत्तम पुनः पर्दामा व्यस्त बन्दैछन्।