मोफसल यात्रामा ‘भाइरल गोर्खे’का सौगात र सृष्टि मोफसल यात्रामा ‘भाइरल गोर्खे’का सौगात र सृष्टि

गत माघ १ गते माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएको फिल्म भाईरल गोर्खेले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित भएको निर्माण टिम अहिले मोफसल यात्रामा छ।

यो आइतबार मोफसलको ठुलो सहर कास्कीको पोखरा पुगेको निर्माण टिम आज चितवनमा दर्शकसँग साक्षात्कार गर्नेछ । सिनेमाको मोफसल यात्रामा सिनेमाका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसहित निर्माता महेश लामिछानेसहितको टिम छ । मोफसलमा दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले विस्तारै सिनेमाले व्यापारिक रफ्तार पक्डिने विश्वास निर्माण टिमको छ।

मोफसलका पोखरा र चितवनपछि निर्माण टिम बुटवल, नेपालगञ्ज, धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोडसम्म पुग्ने योजना रहेको निर्माता महेश लामिछाने बताउँछन् । यसैबीच सिनेमाको निर्माण टिमले ‘भाईरल गोर्खे’को नयाँ गीत समेत सार्वजनिक गरेको छ । सार्वजनिक गीत अभिनेता सौगात मल्ल लगायतका मुख्य कलाकार फिचर्ड छन् ।

सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘भाइरल गोर्खे’को रोचक ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।

यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । यो सिनेमाले आफ्नो निर्देशकिय क्षमतालाई पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर सिनेमा देखाउने चाहाना पुरा गर्ने विश्वास व्यक्त गर्छन् । समसामयिक र घर–घरको विषय भएकाले सिनेमालाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह–निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti