फिल्म ‘हरिबहादुरको जुत्ता’ पछि यही टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ । एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो चलचित्रका रूपमा ‘श्रीनिवास’ को आज औपचारिक निर्माण घोषणा गरेको हो। फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् ।
अभिषेकको डेब्यु फिल्म ‘कुमारी’ प्रदर्शनरत छ, जहाँ उनको अभिनयको प्रशंसा भैरहेको छ । सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन्। यसअघि उनीहरूले चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण गरेका थिए।

चलचित्र ‘श्रीनिवास’ मा अभिमन्यु निरावीको लेखन रहनेछ। चलचित्रका अन्य कलाकार तथा प्राविधिक पक्षबारे निर्माण टिमले क्रमशः जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।





