निखिल उप्रेती र बर्षा सिवाकोटीको ‘कस्तुरी’ को सुट सुरु निखिल उप्रेती र बर्षा सिवाकोटीको ‘कस्तुरी’ को सुट सुरु

फिल्म ‘कस्तुरी’को मूहुर्त गरिएको छ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्मको मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको छ । फिल्मको मुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए।

उनले भने,‘हामीले आजैबाट फिल्मको छायांकन थालेका छौँ । यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन् ।’ उनले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्ने बताए । यस फिल्मबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन् । फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त के.सी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा ऋत बोहोराले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। फिल्मका छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित बिष्ट हुनेछन् । त्यसै गरि फिल्मको संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti