कृषा चौंलागाईंको ‘पारस’मा प्रियंका कार्की पक्का कृषा चौंलागाईंको ‘पारस’मा प्रियंका कार्की पक्का

निर्देशक कृषा चौलागाईको निर्देशनमा बनिरहेको फिल्म ‘पारस’ मा अभिनेत्री प्रियंका कार्की पनि अनुबन्धित भएकी छन्। अभिनेता निखिल उप्रेती, अभिनेत्री जसिता गुरुङ पश्चात् फिल्ममा प्रियंका पक्का भएकी हुन्।

फिल्म ‘पारस’मा निखिलको जोडी जसिता कि प्रियंका हुने हुन् त ? फिल्ममा दुई अभिनेत्री अनुबन्धित भएपछि को कसको जोडी हुन भन्ने कुरामा दर्शकमाझ कौतुहलता पलाएको देखिन्छ। एक्सन तथा सामाजिक कथामा निर्माण हुने यस फिल्ममा चर्चामा रहेका कलाकार जोडिदा निर्देशक चौंलागाईंले कस्तो फिल्म बनाउँलिन् भन्ने कौतुहलता देखिन्छ । निर्माण टिमले अहिलेसम्म अन्य कलाकारका बारेमा सार्वजनिक गरेका छैन । यसबाहेक अन्य कलाकार कोको हुनेछन् भन्ने बारेमा निर्देशक कृषाले विस्तारै जानकारी दिने बताईन्।

केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् भने डीओपी पुरुषोत्तम प्रधानले गर्नेछन् । यस फिल्मको सुटिङ छिट्टै जाने तयारी निर्माण पक्षको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti