‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ रिलिज ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ रिलिज

फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । गीतमा नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो। गीत :

अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौला लगायतका फिल्मका दृश्यहरू गीतको भिडियोमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ । गीतको भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईको द्वन्द्व–रोमान्स देख्न सकिन्छ। रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ।
यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन् । शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन्।

एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो। रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालको वितरणमा यो फिल्म फागुन २९ गते प्रदर्शन हुँदैछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti