फिल्म ‘पारस’मा सुशील श्रेष्ठको इन्ट्री भएको छ । निर्माण टिमले बुधबार फिल्ममा निरुता सिंहलाई अनुबन्ध गरेको थियो । निरुतालाई फिल्ममा अनुबन्ध गरेको दुई दिनमा नै एक्सन स्टारमा रुपमा परिचित सुशीललाई अनुबन्ध गरेको हो।

निर्देशक चौलागाईंले सुशीलसँगको फोटो सेयर गर्दै पारसमा सुशीलाई अनुबन्ध गरेको जानकारी दिएकी छन् । उनी लेख्छिन्,‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ ।’ उनले सुशील आएपछि पारस राम्रो फिल्म बन्न सक्ने बताएकी छन् । यसअघि यो फिल्ममा निखिल उप्रेती नायकका रुपमा अनुबन्ध भइसकेका छन्। नायिकामा जसिता गुरुङ,प्रियंका कार्की,निरुता सिंहलाई निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरिसकेको छ । यो हेर्दा निर्देशक चौलागाईले फिल्मलाई नेपालमा बनेका पछिल्ला फिल्मको तुलनामा उत्कृष्ट बनाउने देखिन्छ।
यसअघि सामाजिक कथामा निर्माण भएको फिल्म ‘ऐँचोपैचो’ र एक्सन जनराको फिल्म ‘पिताम्बर’मा आफ्नो काम कृषाले देखाइसकेकी छन् । अब उनी यस फिल्ममा भएका कमीकमजोरीलाई सुधार्दै तेस्रो निर्देशकिय फिल्म ‘पारस’लाई बबाल बनाउने दाउमा छिन् ।
प्रेम कथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । उनले लेखक पनि सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य लादियालाई





