ऋचा शर्मा र बर्षा सिवाकोटी ‘टिका’मा अनुबन्धित ऋचा शर्मा र बर्षा सिवाकोटी ‘टिका’मा अनुबन्धित

अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा नारीप्रधान नेपाली फिल्म ’टिका’ को निर्माण घोषणा गरिएको छ । भविष्य खड्का फिल्मस् प्रा.लीको प्रस्तुति तथा थर्ड आइ आट्र्स प्रालीको सहकार्यमा यो चलचित्र तयार हुनेछ।

नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण हुन लागेको यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गर्नेछन्।

निर्माण घोषणा सहित आइतबार सार्वजनिक गरिएको चलचित्रको थीम पोस्टरमा ’टिका’लाई रातो रंगको गोलाकारभित्र सेतो अक्षरमा लेखिएको छ । जसले फिल्ममा समेटिने संघर्ष, पराक्रम र नैतिक स्वच्छताको संकेत गर्छ।

सुपरहिट फिल्म ’जेरी अन टप’ की निर्मात्री भविष्य खड्का निर्माता रहेको यो फिल्ममा प्रमुख कलाकारको भुमिकामा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा, वर्षा शिवाकोटी र हाँस्य कलाकार निर्मल शर्मा अनुबन्धित भैसकेका छन् । साथमा बाल कलाकार आयुशी ढकाल पनि प्रमुख अभिनयमा रहनेछिन् । अन्य कलाकार र प्राविधिकहरू छनोटको चरणमा रहेको चलचित्रका कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।

चन्दन झा र निर्देशक कार्कीको कथामा तयार हुने फिल्मको पटकथा रामकुमार श्रेष्ठले लेखेका छन् । फिल्म ’टिका (क्तबतभभिकक क्यग)ि’ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि बोल्नेछ, केसीले भने, ’सशक्त कथा, उत्कृष्ट अभिनय र प्रस्तुतीकरणमार्फत दर्शकलाई फरक अनुभव दिलाउने निर्माण टिमको अपेक्षा छ ।’

सबै ’कास्ट एण्ड क्रू’ तय भइसकेपछि औपचारिक घोषणासहित चलचित्रको छायांकन प्रारम्भ हुने र सोहि समयमा प्रदर्शन मिति समेत सार्वजनिक गरिने निर्माण टिमले बताएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti