प्रियंका कार्कीको ‘टाँख’लाई युटुवमा प्रशंसा प्रियंका कार्कीको ‘टाँख’लाई युटुवमा प्रशंसा

आयँका फिल्मस् मार्फत निर्मित सर्ट फिल्म ‘टाँख’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रियंका कार्की अफिसियल युटुव च्यानलमा यसलाई चार लाख बढीले हेरेका छन् । यहाँ पुरा हेर्नुस् :

‘टाँख’को मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की रहेकी छिन् । ग्रामिण परिवेशको भूमिकामा देखिएकी प्रियंकाको अभिनय दर्शकले रुचाएका छन् । दर्शकले उनको मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् भने समिक्षा पनि अब्बल मिलिरहेको छ । पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई प्रस्तुत गरिएको चलचित्रमा विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’को यथार्थलाई देखाइएको छ।

आफ्नो अभिनयको विविधतालाई प्रियंकाले यो सर्ट मुभी मार्फत देखाएकी छिन् । सम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन्। चलचित्रमा प्रियंकाको साथमा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी, रेणुनाथ योगीले अभिनय गरेका छन्। ‘टाख’लाई कार्की र आयुष्मान जोशीले लगानी गरेका छन्।

आयंका फिल्म्सको व्यानरमा चाडै चलचित्र निर्माणको तयारी रहेको छ । प्रियंका र आयुष्मानाले केही बर्षबाट नै फिल्म निर्माणको तयारी गरिरहेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti