‘लालिमा’को अग्रिम टिकट बुकिङ खुला ‘लालिमा’को अग्रिम टिकट बुकिङ खुला

यही शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को टिकट बुकिङ खुलेको छ । देशभरका हलहरूले बिहीबारदेखि बुकिङ खुलाएका हुन्।

यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ । चुनावपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म हो । वास्तविक यौनकर्मीहरू समस्या, पीडा र मानसिकताको घटनामा बनेको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा छिन् । नायक जीवन भट्टराई, नायिका उषा रजक र कलाका शिशिर वाङदेद मुख्य भूमिकामा छन् ।

फिल्ममा अन्य कलाकारहरू सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको पनि अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti