‘हामी तीन भाइ’को गीत : ‘झम्के फुली नाकको फुली…’ ‘हामी तीन भाइ’को गीत : ‘झम्के फुली नाकको फुली…’

यही चैत १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हामी तीन भाइ’को गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ रिलिज भएको छ । लोकलयमा आधारित यो गीतमा साप शक्ति र अस्मिता अधिकारीले गाएका छन्।

गीतलाई गायक शक्तिले नै संगीत भरेका छन् भने गीतको शब्द सुवलमणि सापकोटाले लेखेका हुन्। गीतको सङ्गीत संयोजन (एरेन्ज) महाराज थापाको छ। साथै गीत र गीतको भिडियोले नेपाली समाजको ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउछ।
यस गीतमा फिल्मका मुख्य कलाकार फलित राई,जाहान्वी बस्नेत,कुशल बिष्ट र आश्मा गिरीले छमछमी नाचेका छन्। उनीहरुको नृत्यले दर्शक तथा स्रोतालाई मोहित बनाउने देखिन्छ। नेपाली समाज र परिवेशलाई आधार मानेर निर्माण गरिएको यो गीतको भिडियो निकै सुन्दर देखिन्छ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा मुख्य कलाकार अर्थात तीनमा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई छन् । उनीहरुकै कथा वरपर फिल्म घुमेको छ। फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस फिलमको कार्यकारी निर्माता विक्रम तामाङ छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्। साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको यस फिल्मको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन पार्श्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti