जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ । यस गीतलाई युटुवमा रिलिज गरेको छोटो समयमा नै ११ लाख भ्युज कमाउन सफल भएको छ। यो फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो । गीत :
गीतले छोटो समयमा नै बाह्र लाख भ्युज बटुलेपछि निर्माण पक्ष उत्साहित बनेका छन् । निर्माता मगरले आफ्नो फिल्मको यतिधेरै पटक हेरेर साथ दिएकोमा सबैलाई धन्यवाद दिएका छन्। गीतका अधिकांशले कलाकारहरुको अभिनयमा तारिफ खर्चिएका छन् । जसमा सौगात मल्लको अर्को रुप देख्न पाइयो भन्दै दर्शक उत्साहित बनेका छन् । एकै प्रकारको भूमिका दिएको भन्दै आलोचनामा पर्ने गरेको सौगातलाई यस गीतमा देखेको रुपमा भने दर्शकले फरक स्वाद पाउने अपेक्षा गरेका छन्।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ । जसमा सौगात मल्ल र तेरियाले लोकलयको गीतमा गाउँले पहिरनमा नै नाचेका छन्। जुन गीतमा सौगात र तेरिया नाचेका छन् । दयाहाङ भने उक्त गीतमा कथा अनुसार प्ले गरिएको देख्न सकिन्छ । यस गीतलाई श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाएका छन् । साथै यस गीतमा शब्द र संगीत पनि गायक मल्लकै रहेको छ । मिङ्मा डि लेप्चाको कोरियोग्राफी रहेको यस गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् ।
अनिल बुढा मगरको निर्देशन,जनक घर्ती मगरको लगानी रहेको यस फिल्ममा फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ।
यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको,सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन । फिल्म आगामी जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शनमा आउँदैछ।


