विराज भट्ट स्टारर फिल्म राम नाम सत्यको प्रोमो सार्वजनिक भएको छ । एक्सनयुत्त ट्रेलर रिलिज भएको केही समयमै युटुवको ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । प्रोमो हेर्नुस् :
माइकल चन्दको निर्माण तथा निर्देशन रहेको फिल्म राम नाम सत्य मा विराजसँगै स्व.सुनिल थापा, सुशिल श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुसी कार्की, प्रशान्त ताम्रकार, आयुष रिजाल, सुधिर श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ । फिल्म नयाँ नेपाली वर्षको अवसर पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउँदैछ।
‘राम नाम सत्य’को प्रोमोलाई तीन घण्टामा करिब सत्तरी लाखले हेरेका छन् भने दश हजार जतिले लाइक गरेका छन् । बाह्र सय बढी प्रतिक्रिया सबै सकारात्मक छन् । ७ नम्बर ट्रेन्डिङमा रहेको प्रोमो माथि उक्लिने क्रममा छ ।


