जेठ १ गतेबाट रिलिजमा आएको फिल्म ‘एक मुठ्ठी बादल’ले बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ । यो फिल्मले रिलिजको नवौं दिनसम्म आइपुग्दा ५ लाख हारहारीको मात्र ग्रस कलेक्शन गरेको छ ।
यो व्यापारले निर्माताको हातमा मुश्किलले पनि २ लाख पर्न आउँछ । यसकारण, यो फिल्म बक्स अफिसमा नराम्रोसँग चिप्लिएको छ ।
नायिका आँचल शर्मा नै केन्द्रमा रहेर तयार भएको यो फिल्मलाई सहारा शर्माले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा ५ लाख २१ हजारको ग्रस कलेक्शन गरेको हो ।
फिल्मको कमजोर प्रतिक्रियाका कारण यसको व्यापारमा ठूलो असर परेको देखिन्छ । यो फिल्ममा नायिका आँचल शर्माको कामको भने खुलेरै तारिफ भएको थियो । आँचलले विवाह गर्न लागेकी एक यूवतीको भूमिका निर्वाह गरेकी छिन् । उनको भूमिकाले भने दर्शकको मन जितेको छ ।
आँचल अभिनित फिल्म ‘जेरीः अन टप’ले गतबर्ष बक्स अफिसमा साढे १२ करोडको ग्रस कलेक्शन गरेको थियो । तर, यो वर्षको सुरुवातमै आँचललाई बक्स अफिसमा झट्का लागेको छ ।



