६६ दिन लगाएर खिचियो ‘पाँच पाण्डव’ ६६ दिन लगाएर खिचियो ‘पाँच पाण्डव’


फिल्म ‘पाँच पाण्डव’को छायांकन ६६ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । चैत्र २२ गतेबाट सुरु भएको छायांकन २ महिना भन्दा बढी समय चलेको हो । वसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्म तिहारमा रिलिज हुँदैछ ।

निर्देशक निरौलाले कुनै पनि संझौता नगरी फिल्मको छायांकन सकेको बताए । काली रानी फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी लगायतका कलाकारहरुको अभिनय छ ।

सुशील पौडेलको लेखन रहेको यो फिल्मले पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्छ ।

नविन श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई श्याम तामाङले खिचेका हुन् । झापाका रमणीय दृश्यमा यो फिल्म खिचिएको हो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti