के ‘आ बाट आमा २’मा पलको जोडी हुन् रिस्ता ? के ‘आ बाट आमा २’मा पलको जोडी हुन् रिस्ता ?


केही दिनमा नै छायांकन सुरु हुन लागेको फिल्म ‘आ बाट आमा २’मा नव–नायिका रिस्ता गुरुङको प्रवेश भएको छ । फिल्मका निर्देशक चन्द्र पन्तले रिस्तासँग कागजी संझौता गरे ।

यो टिमसँग काम गर्न पाउँदा रिस्ता निकै खुशी देखिएकी छिन् । फिल्ममा नायक पल शाह र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्ममा पलको जोडीको रुपमा रिस्ता देखिन लागेको चर्चा छ । तर, वुझिएअनुसार रिस्ता फिल्ममा पलको जोडी होइनन् ।

अझै २ नायिका फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ । नव–नायिका गुरुङ ‘मेरो डान्स यूनिभर्स २’की विजेता समेत हुन् ।

असोजको ३० गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा चन्द्र पन्तकै कथा तथा पटकथा रहनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti