व्यापार बढाउँदै ‘काजी’ व्यापार बढाउँदै ‘काजी’


शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘काजी’को व्यापार विस्तारै बढ्दै गएपछि यसको निर्माणपक्ष उत्साहित देखिएको छ । रामप्रसाद रिजालको निर्माणमा लक्ष्मण रिजालले निर्देशन गरेको यो फिल्मको व्यापार डिल डे सुरु भएसँगै बढेको छ । शुक्रबार र शनिबार औषत व्यापार गरेको फिल्मको वर्ड अफ माउथ बलियो छ । यहीकारणले, नै यो फिल्मको व्यापार बढ्न थालेको हो ।

यो फिल्म हेरेर दर्शकले प्रशंसा गरिरहेका छन् । समीक्षकबाट पनि फिल्मले प्रशंसा पाएको छ । यहीकारण पनि यो फिल्मको व्यापार मंगलबार सुखद देखियो । बुधबारको बुकिङ पनि सुखद भएका कारण आगामी दिनमा फिल्मको व्यापार अझै राम्रो बन्ने अपेक्षा गरिएको छ ।

विपिन कार्की र केकी अधिकारीको प्रेमलाई दर्शकले निकै मन पराएका छन् । फिल्म हेर्ने अधिकांशले ‘प्रेम होस् त काजीको जस्तो’ भन्ने खालका प्रतिक्रिया दिएका छन् ।

यो फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथावस्तु, कलाकारहरुको अभिनय, छायांकन पक्ष, सेटअपलाई दर्शकले निकै मन पराएका कारण यो फिल्मको व्यापार लयमा फर्किन थालेको हो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti