फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि चर्चामा आएकी निर्देशक कृषा चौलागाइले नयाँ फिल्म ‘पारस’को गीत रेकर्डिङ सुरु गरेकी छिन् ।
केपी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको गीतमा ‘नेपाल आइडल सिजन ३’ कि विजेता सज्जा चौलागाइले स्वर दिएकी छिन् । यो गीतमा कोशिश क्षेत्री र केतन क्षेत्रीको शब्द तथा संगीत छ ।
‘यो रातको नशा’ बोलको गीतमा नाम चलेकी एक जना मोडलले नृत्य गर्ने निर्माणपक्षको भनाई छ ।
एक्सन तथा सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निखिल उप्रेती, सुशील श्रेष्ठ, जसिता गुरुङ, प्रियंका कार्की, निरुता सिंह लगायतका कलाकारहरु अनुवन्धित भइसकेका छन् । फिल्मको चर्चा घोषणादेखि नै भइरहेको छ ।
यो फिल्मलाई भारतीय लेखक सचिन लादियाले लेखिरहेका छन् भने पुरुषोत्तम प्रधानले फिल्म खिच्नेछन् । यो फिल्मको छायांकन जेठको अन्तिम सातबाट सुरु गरिने निर्देशक चौलागाइको भनाई छ ।
फिल्म वृत्तमा यो फिल्म बन्दैन कि भन्ने समेत चर्चा थियो । तर, कृषाले यो कुरालाई सोझै अस्विकार गरिदिएकी छिन् । उनले, ‘पारस’ ठूलो क्यानभासमा उत्कृष्ट बन्ने दाबी गरिन् ।



