विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

 चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका छन् । स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर बनाइएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका हुन् ।

“हाम्रो चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराइरहेका छन् । हामीले जुन उद्देश्यले यो चलचित्र निर्माण गरेको थियौँ, त्यो पूरा भयो,” निर्माता विनोद पौडेल भन्छन्, “सिनेमा हेर्ने विद्यार्थीले सिनेमा राम्रो लागेको र सबै विद्यार्थीले हेर्नुपर्ने बताइरहेका छन् ।”

निर्माता पौडेलले विद्यार्थीले सिनेमा मन पराएकाले अब आफ्ना छोराछोरीलाई हलसम्म लिएर गएर ‘रोल नं १’ देखाउनु अभिभावकको दायित्व भएको बताएका छन् ।

विद्यार्थीको मनोभावना कसरी बुझ्ने र के पढाउने भन्ने विषय सिनेमाले उठान गरेकाले शिक्षक र अभिभावकले आफ्ना विद्यार्थी र छोरोछोरीलाई ‘रोल नं १’ देखाउनु पर्नेमा निर्माता पौडेलको जोड छ ।

“विद्यार्थी र शिक्षक तथा अभिभावक र छोराछोरी सँगै बसेर हेर्नुपर्ने सिनेमा हो यो । विद्यार्थीले मन नपराएको भए हामीले यो सिनेमा हेर्नुस् भनेर अनुरोध गर्ने थिएनौँ,” उनले भने, “‘रोल नं १’ हेर्ने विद्यार्थीले सबै विद्यार्थीले हेर्ने पर्ने सिनेमा भन्दै हेर्न आग्रह गरेकाले हामी पनि आफ्ना बच्चाबच्चीलाई सिनेमा हेराउन आग्रह गर्छौं ।”

बाल मनोविज्ञानमा केन्द्रित रहेर बनाएको यो चलचित्रले विद्यामान नेपाली शैक्षिक प्रणालीमा रहेको मूल्यांकन विधिले विद्यार्थीलाई दिने दबाबबारे प्रश्न उठाउँछ । गलत बुझाई र दबाबका कारण बालबालिकाले भोग्नु परेको मानसिक दबाबलाई सिनेमाले उजागर गरेको छ । यही कथालाई नै दर्शकले मन पराइरहेका छन् ।

‘रोल नं १’ शुक्रबारबाट प्रदर्शनरत छ । सिनेमाका कलाकार दर्शक भेट्न हलहल पुगिरहेका छन् । केही कलाकार मोफसल र केही कलाकार काठमाडौंकै हलमा गएर दर्शक भेटिरहेका छन् ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।  

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti