अनु र सविन आमा बुवा बन्दै अनु र सविन आमा बुवा बन्दै

लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका अनु र सविनले गत वर्ष असोजमा विवाहको खबर सार्वजनिक गरेका थिए। त्यसअघि उनीहरू लामो समय प्रेम सम्बन्धमा थिए।

दुईजनाको तस्बिर रहेको पोस्टमा अंग्रेजीमा ‘वी आर प्रेग्नेन्ट’ र ‘मम-ड्याड’ लेखिएको छ। तस्बिरमा दुवै जना खुसी मुद्रामा देखिएका छन्। 

पोस्टसँगै क्याप्सनमा ‘हाम्रो जीवनकै सुन्दर उपहार’ भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्।उक्त पोस्टमा कलाकार तथा शुभचिन्तकहरूले दम्पतीलाई बधाई तथा शुभकामना दिइरहेका छन्।

अनु र सविन दुवैले सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकसँग खुसीको खबर साझा गर्दै आमाबुवा बन्न लागेको जानकारी दिएका हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti