राष्ट्रिय चलचित्र पुरस्कार : ऊनको स्वीटर, निर र मिरुना उत्कष्ट राष्ट्रिय चलचित्र पुरस्कार : ऊनको स्वीटर, निर र मिरुना उत्कष्ट

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा नवीन चौहान निर्देशित ऊनको स्वीटर ३ विधामा पुरस्कृत भएको छ । उत्कृष्ट फिल्म सहित ऊनको स्वीटर बाट निर्देशक नवीन चौहान र अभिनेत्री मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।

उत्कृष्ट अभिनेताको पुरस्कार भने परान फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका छन् । उत्कृष्ट पटकथातर्फको पुरस्कार पनि परानले नै जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका हुन्।

उत्कृष्ठ छायाँकनको पुरस्कार कोशेढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि यसै फिल्मबाट नहकुल खड़काले प्राप्त गरेका छन् । यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान ले पुरस्कृत गरिएको छ । ३ लाख ७५ हज़ार नगदसहित श्रेष्ठलाई सम्मान गरिएको हो ।

रमिताको पिरतीबाट आना शर्मा र झरी पछिको इन्द्रेणीबाट बिमोचन दवाडीले जूरी प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ ।

यो सम्मान पाउनेमा प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, प्रदर्शक डाक्टर सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन् । त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र पत्रकार दिनेश सिटौला( मरणोपरान्त) ले पनि विशेष योगदान सम्मान पाएका छन् ।
लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलधित्र पुरस्कार २०८२ पाएको छ ।

उत्कृष्ठ आदिवासी फिल्मको पुरस्कार भने नेवारी फिल्म ‘इन्दिरा धिमे मैचा’ ले पाएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti