साइन गरे मुकुन भुसालले ‘कंगाल करोडपति’ साइन गरे मुकुन भुसालले ‘कंगाल करोडपति’

प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुने कथानक फिल्म ‘कंगाल करोडपति’को शीर्ष भूमिकामा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् । निर्देशन राजु श्रेष्ठले गर्नेछन् ।

सहनिर्मातामा छिरिङ तामाङ छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् । अहिले फिल्मका कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ ।

पटकथा लेखक सुमन गजमेर हुन् । निर्माण पक्षले फिल्मको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ ।

निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी फिल्म छायांकनमा जाने तयारी गरिएको छ ।

भुसाल अभिनित अर्को फिल्म ‘रोल नं १’ अहिले पनि प्रदर्शनरत छ । पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको आगामी फिल्मको निर्मातामा अनिलकुमार बुढाथोकी छन् ।

अनुबन्धित भएपछि भुसालले पटकथा र पात्र रोचक लागेकाले जोडिएको बताए । ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti