चलचित्र ‘चंगुल ‘भदौ १९ गते चलचित्र ‘चंगुल ‘भदौ १९ गते


जेनजी आन्दोलन र त्यसअघि र पछिको अवस्थालाइ चित्रण गरिएको चलचित्र चंगुल भदौ १९ गते बाट प्रर्दशन मा आउने भएको छ । मालति कार्किको निर्माण तथा राम गौतमको निर्देशनमा तयार चलचित्र चंगुलमा भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यस पछिको युवा जागरणलाइ सिनेमामा उतारिएको छ ।

गत बर्ष भदौ २३ र २४ को आन्दोलन र त्यहि आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहितहरुको सम्झना स्वरुप चलचित्र भदौ १९ मा रिलिज गर्न लागीएको चलचित्रकि निर्माता मालती कार्किले जानकारी दिएकि छिन् ।


चलचित्रमा रबि कार्कि , लय संग्रौला , लक्ष्मिनाथ तिमल्सिना , राकेश कुमार राइ , आशा बिसि स्वस्तीका लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ । बालकलाकारको रुपमा भने रिम्शा कार्किको अभिनय रहेको छ ।

चलचित्रका गीतमा बिपिन आचार्य  तथा नन्दनी अधिकारीको संगीत रहेको छ भने  देब महर्जनको द्वन्द्व  दिपेन्द्र बस्न्यात को छायाङ्कन सम्पादन  रहेको छ

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti