जिउँदो आकाश फेरि मञ्चन हुने जिउँदो आकाश फेरि मञ्चन हुने

२२ असार, विभिन्न ठाउँमा थुप्रै पटक मञ्चन भएको नाटक जिउँदो आकाश फेरि मञ्चन हुने भएको छ । नयाँ बानेश्वरको थापा गाउँमा अवस्थित एक थिएटर नेपालमा पुन: मञ्चन हुने भएको हो ।

थिएटरका अनुसार साउन ३ गते देखि १३ गतेसम्म यो नाटक मञ्चन हुनेछ । नाटकको परिकल्पना/निर्देशन आरके मेहताले गरेका हुन् भने चन्द्र पाण्डेले लेखेका हुन् ।

नाटकमा मुख्यत: तेस्रोलिंगीको भावना र विषय समेटिएको छ । नाटकमा अनिल सुब्बाको एकल अभिनय हुनेछ ।

यो नाटक काठमाडौं सहित पोखरा, दमक, दिल्ली, गुहाटी लगायतका ठाउँमा मञ्चन भइसकेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti