‘एनिस–सलिनाको ‘मुटुको छेउमा’ सार्वजनिक, ‘एनिस–सलिनाको ‘मुटुको छेउमा’ सार्वजनिक,

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत “मुटुको छेउमा” सार्वजनिक भएको छ। गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना बिकको सुमधुर आवाजमा सजिएको यस गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। प्रेम, समर्पण र भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको गीतले सामाजिक सञ्जालमा समेत राम्रो चर्चा कमाइरहेको छ।

गीतका शब्द गायक एनिस एन्जल राईले स्वयं रचना गरेका हुन् भने संगीत खेम सारु मगरले दिएका छन्। संगीत संयोजन विशाल निरौलाले गरेका छन्। माया, प्रेम र रोमान्टिक अनुभूतिलाई समेटिएको यस गीतले आधुनिक नेपाली संगीतमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ। गीतको रेकर्डिङ ज्ञानेन्द्र गिरिले ड्रिम्स रेकर्डिङ स्टुडियोमा गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन्।

प्राविधिक रूपमा समेत उत्कृष्ट रहेको भन्दै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। गीतको भिडियो मकवानपुर जिल्लाका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ।

भिडियोमा गायक एनिस एन्जल राई स्वयंले अभिनय गरेका छन् भने उनलाई नायिका मनिला रानाले साथ दिएकी छन्। भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका हुन्।

क्यामेरा तथा ड्रोन सञ्चालन सन्जोक श्रेष्ठले गरेका छन् भने प्रोडक्सन व्यवस्थापन रोगेस राना मगर र सुनिल थापा मगरले सम्हालेका छन्। श्रृङ्गार प्रिया मगरले गरेकी छन्। भिडियोको निर्देशन, सम्पादन तथा कलर ग्रेडिङ एकान्त मगरले गरेका छन्।

प्रेमकथालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको “मुटुको छेउमा” ले समकालीन युवा पुस्ताको भावना र अनुभूतिलाई जीवन्त रूपमा अभिव्यक्त गरेको छ। शब्द, संगीत, स्वर र भिडियोको उत्कृष्ट संयोजनका कारण यो गीत आगामी दिनमा नेपाली संगीतप्रेमीमाझ अझ लोकप्रिय बन्ने विश्वास गरिएको छ। यस सिर्जनामार्फत गायक एनिस एन्जल राईले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti