प्रियंका कार्की स्टारर फिल्म ‘मास्टर्नी’को प्रोमोश्नल गीत युटुव ट्रेन्डिगंको शिर्ष स्थानमा पर्न सफल भएको छ । दुर्गेश थापा अफिसियल च्यानलमा अपलोड भएको २४ घण्टादेखि संगीत र भिडियो दुबै तहतर्फ नेपालको ट्रेन्डिगं नम्वर एकमा रहि आएको छ।
दुर्गेश थापा र बबिना किराँतीको स्वर रहेको गीतलाई हालसम्म करिब पाँच लाख नब्बे हजार जतिले हेरेका छन् । गीतमा शब्द तथा संगीत दुर्गेश स्वयंमले लेखेका छन् । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्की, आर्यन सिग्देल, दुर्गेश थाप र आयुष्मान जोशी फिचर्ड छन् । छोटो समयमै भाइरल बनेको दुर्गेश थापाको यो नयाँ गीतलाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ।
प्रियंका कार्की निर्मित फिल्म ‘मास्टर्नी’ फिल्म भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । रिलिजको एक महिना भन्दा बढी समयदेखि प्रियंकाले मास्टर्नीको प्रचार प्रसार सुरु गरेकी हुन् ।

