अशोक दर्जीलाई माथि कुटपिट भए पछि निता ढुंगाना भन्छिन अशोक दर्जीलाई माथि कुटपिट भए पछि निता ढुंगाना भन्छिन

हाम्रो प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’ का बाल कलाकार अशोक दर्जी भाइको हिजो राति सार्वजनिक भएको भिडियोले हामीलाई अत्यन्त दुःखी र विचलित बनाएको छ। 😟

घटनाको वास्तविकता अझै पूर्ण रूपमा बाहिर आएको छैन। हेर्दा लेनदेनसँग सम्बन्धित विषय जस्तो देखिए पनि, सत्य के हो भन्ने कुरा निष्पक्ष रूपमा छानबिन हुन आवश्यक छ। कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय व्यवहारभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमानित गर्नु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन।

यो घटना अहिलेको होइन, धेरै समयअघिको हो। यदि यो विषय वास्तविक रूपमा चिन्ताको कारण थियो भने, त्यतिबेलै यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएर चर्चा हुनुपर्ने थियो। तर अहिले, अशोकको निरन्तर मेहनत, लगनशीलता र प्रगतिले चर्चा पाइरहेको बेला पुरानो भिडियो बाहिर ल्याएर उनलाई बदनाम गर्ने प्रयास गरिएको जस्तो देखिन्छ।

यसै विषयमा अशोकले सम्बन्धित निकायमा दिएको निवेदन पनि यस पोस्टसँगै संलग्न गरिएको छ, ताकि सबैले घटनालाई एकपक्षीय रूपमा नभई तथ्य र आधिकारिक दस्तावेजका आधारमा बुझ्न सकून्।

अशोक भाइ सामान्य परिवारबाट आफ्नो प्रतिभाको बलमा अघि बढिरहेका कलाकार हुन्। यतिबेला उहाँलाई सबैको साथ, सहयोग र न्यायको आवश्यकता छ। 🙏

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti