‘पलेँटी’ कार्यक्रममा छोरा यमन सँगै सांगीतिक प्रस्तुत हुने  ‘पलेँटी’ कार्यक्रममा छोरा यमन सँगै सांगीतिक प्रस्तुत हुने

 अंग्रेजी महिनाको सप्ताहान्तमा नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’मा यसपालि कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ । छोरा यमनका साथ गाउने तयारीमा रहेका श्रेष्ठले आजभन्दा १८ वर्ष पहिले पनि प्रस्तुति दिएका थिए ।

हाँस्यब्यंग्य कलाकारिताबाट आफ्ना सहयात्री हरिवंश आचार्यसँगै स्थापित बनेका मदनकृष्णको प्रारम्भिक कलाकारिता गायनबाटै सुरु भएको हो । प्रारम्भिक चरणमा उनले रेडियो नेपालका साथै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा समेत आफ्ना गीति सिर्जना प्रस्तुत गरेका थिए ।

उनले यसपालिको कार्यक्रममा आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीत पनि प्रस्तुत गर्नेछन् । उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायतका गीतले लोकप्रियताको शिखर चुमेका छन् ।

उनले यसपालिको कार्यक्रममा आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीत पनि प्रस्तुत गर्नेछन् । उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायतका गीतले लोकप्रियताको शिखर चुमेका छन् ।

पछिल्लो चरणमा स्वास्थ्य प्रतिकूल रहँदारहँदै पनि उनी फिल्मी जगतका साथै सांगीतिक जगतमा समेत उत्तिकै सक्रिय छन् । केही समय अघि रेकर्ड गरेको गीत ‘बिर्सिदे भन्छौ मायालु’, ‘पहाड भो मलाई’ शीर्षकका गीत पनि श्रोता, दर्शकले उत्तिकै रुचाएका गीतमा पर्दछन् ।

यमनले गाएका गीतमा ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’, ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायत अनेकौँ गीत छन् । यमन आफूले गाउने गीतका अधिकांश शब्दमा आफै धुन भर्ने गर्दछन् ।

यसपालिको थप आकर्षण गायक यमनको हुनेछ । उनी आफ्ना अभिभावक मदनकृष्णकै पथप्रदर्शनमा अघि बढिरहेका कलाकार हुन् । यमन हाँस्यब्यंग्यात्मक अभिनयका साथै गायन र संगीतमा पनि लागिपरेका कलाकार हुन् । उनले व्यंग्यात्मक शैलीका गीतका साथै गम्भीर प्रकृतिका गीत पनि गाउन रुचाउँछन् ।

आफ्ना बाको प्रतिक्रिया सुनेर मुस्काइरहेका छोरा यमनको प्रतिक्रिया थियो, ‘पलेँटीको रिहर्सल त यति रमाइलो छ; कार्यक्रम त झन रमाइलो हुन्छ नै हुन्छ ।’ सधैँ हाँस्न रुचाउने उनी हाँस्दै प्रतिक्रिया व्यक्त गर्छन् ।

‘पलेँटी’ टिमसँग अभ्यासरत मदनकृष्ण विगतको सम्झना गर्दै भन्छन्, ‘१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाएको थिएँ । खुब रमाइलो लागेको थियो । यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु । झन् रमाइलो हुनेछ भन्ने आशा छ । श्रोता, दर्शकले त सधैँ नै मन पराइरहनु भएकै छ । यसपाली झन् मन पराउनु हुनेछ भन्नेमा ढुक्क छु ।’

‘पलेँटी’ कार्यक्रम जुलाई महिनाको ३१ तारिख शुक्रबार र अगस्ट महिनाको १ तारिख शनिबारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने कार्यक्रमलाई घरमै बसेर हेर्न सकिन्छ । अनलाइनमार्फत लाइभ हेर्न सकिने यो कार्यक्रमलाई पलेँटीको वेबसाइटमा गएर लिङ्क बुक गर्नुपर्ने हुन्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti