अभिनेता भारतीय विक्रान्त मास्से नेपालमा अभिनेता भारतीय विक्रान्त मास्से नेपालमा

चर्चित भारतीय अभिनेता विक्रान्त मास्से एक कार्यक्रममा सहभागी हुन आज काठमाडौं आइपुगेका छन् ।

यसअघि हिजोमात्रै बलिउड अभिनेत्री शिल्पा सेट्ठी पनि यही कार्यक्रमका लागि काठमाडौं आएकी थिइन् ।

दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर पनि आउने बताइएको छ ।

सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।

सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।

कार्यक्रममा मनिषा कोइराला पनि सहभागी हुनेछिन् ।

यो कार्यक्रमको उद्देश्य नेपाललाई लक्जरी वेडिङको गन्तव्यको रुपमा स्थापना गर्नु रहेको जनाइएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti