निखिलसँगै निरुता पनि’पारस’ मा अनुबन्धित निखिलसँगै निरुता पनि’पारस’ मा अनुबन्धित

 आगामी एक्सन फिल्म ‘पारस’ मा घरेलु फिल्मका दुई पुराना स्टारहरू निखिल उप्रेती र निरुता सिंहलाई एकसाथ देख्न पाइने भएको छ । अभिनेत्री सिंह बुधबार यो फिल्ममा अनुबन्धित भएकी छन् ।

प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।

कृषा चौलागाईंले निर्देशन गर्ने यो फिल्म फागुन अन्त्यदेखि छायांकनमा जाने तयारीमा छ । निरुताले फिल्म साइन गर्ने वित्तिकै यो फिल्मकी को-एक्ट्रेस प्रियंका कार्कीले निरुतासहितको संयुक्त फोटो सेयर गरेकी थिइन् ।

फिल्ममा जसिता गुरुङलाई पनि देख्न सकिन्छ ।

कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो । चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti