ज्ञानेन्द्र देउजा निर्देशित कथानक फिल्म ‘झिँगेदाउ २’ को मर्मस्पर्शी टिजर युट्युबमा सार्वजनिक गरिएको छ । निर्माताले फिल्मबारे जानकारी दिन पत्रकार सम्मेलन पनि आयोजना गरेका थिए ।
उक्त रुखको अंशवण्डा गर्न त्यसको स्वामित्व भएकी आमा चाहिने भएपछि आमाको खोजी हुन थाल्छ । रहस्यमय ढंगले आमा हराएपछि अब कथातिर जान्छ ? के, उक्त परिवारमा खुसी फर्किएला वा सम्पत्तिको अंशवण्डा होला ? टिजरले यी कुरालाई संक्षिप्तरुपमा दर्शाउने प्रयत्न गरेको छ ।
टिजरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ । सुखी परिवारमा जब दुईजना बुहारी रुखको अंशवण्डाको कुरालाई लिएर झगडा गर्न थाल्छन्, कथाले नयाँ मोड लिन्छ ।
फिल्ममा केकी अधिकारी र आँचल शर्मा दुईजना बुहारीको भूमिकामा छन् । महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको रोलमा छन् । हिउँवाला गौतम आमाको भूमिकामा देखिएकी छन् ।
समाज र परिवारका सम्बन्ध, उतारचढाव र अपेक्षाबीचको द्वन्द्वलाई निर्देशक देउजाले चित्रण प्रयत्न गरेका छन् । पत्रकार सम्मेलनमा पनि बोल्दै उनले पहिलो भागजस्तै दोस्रो श्रृंखलाले पनि दर्शकको मन जित्ने विश्वास लिए । फिल्मको पहिलो श्रृंखलाले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।

सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी, संगम भण्डारी, विजय देउजा लगायतका सहायक कलाकार पनि देखिएका छन् । टिजरको अन्त्यमा आर्यन सिग्देललाई नेलले बाँधिएको दृश्यमा देख्न सकिन्छ ।
फिल्मलाई विष्णु कल्पित घिमिरेले छायांकन गरेका हुन् । कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपालको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । ‘झिँगेदाउ २’ २ असोज (सेप्टेम्बर १८) मा देशब्यापी प्रदर्शनमा आउनेछ ।