शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मिस नेपालको भेट  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मिस नेपालको भेट 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मिस नेपाल वर्ल्ड दीपमाला ढकालबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ । मिस नेपालको स्यास लगाएर उनी मन्त्रीसँगको बैठकमा सहभागी थिइन् ।

यो कुराकानीमा मन्त्री पोखरेल सकारात्मक रहेको र दोस्रो पुस्ताका एनआरएनलाई देश फर्काएर बलियो अर्थतन्त्र निर्माण गर्ने कुरामा सघाउन सरकार तयार रहेको बताएका थिए ।

भेटपछि अनलाइनखबरसँग कुरा गर्दै दीपमालाले गैरआवासीय नेपाली समुदायको दोस्रो पुस्तालाई कसरी मुलुक फर्किन प्रोत्साहित गर्ने र समृद्ध अर्थतन्त्र निर्माण गर्ने विषयमा छलफल भएको बताइन् ।

मिस नेपालको ताज पहिरिएलगत्तैको अन्तर्वार्तामा दीपमालाले आफ्नो मुख्य उद्देश्य देश र डायस्पोरालाई जोड्ने तथा एनआरएनको दोस्रो पुस्तालाई देश फर्किन प्रोत्साहित गर्ने रहेको बताएकी थिइन् ।

उनी स्वयम गैरआवासीय नेपाली संघ हङकङको वर्तमान कार्यसमितिमा दोस्रो पुस्ता संयोजक पदमा कार्यरत छिन् । मिलेसम्म चाडै प्रधानमन्त्री बालेन शाहलाई समेत भेटेर यस विषयमा छलफल गर्ने योजना रहेको जानकारी उनले दिइन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti