फिल्म ‘हली’आब नेपालमा प्रदर्शन नहुदै युकेमा पनि प्रदर्शनमा फिल्म ‘हली’आब नेपालमा प्रदर्शन नहुदै युकेमा पनि प्रदर्शनमा

यहीँ साउन २२ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’युकेमा सोल्ड आउन भएको छ। निर्माण टिम र त्यहाँको वितरक ‘सपन इन्टरटेनमेन्ट लिमिटेड’बीच प्रदर्शन अधिकारका लागि सम्झौता भएसँगै सोल्ड आउट भएको हो।

निर्माण पक्षका अनुसार आगामी सेप्टेम्बर २० तारिखमा अल्डरशटस्थित प्रिन्सेस हलमा आयोजना हुन लागेको विशेष शोका टिकटहरू बिक्री थालिको हो।  

बेलायतमा फिल्मको प्रदर्शन तथा व्यवस्थापनको जिम्मा ‘सपन इन्टरटेनमेन्ट लिमिटेड’ले लिएको हो। शो सुरु हुनु अगावै प्राप्त दर्शकको उच्च उत्साह र शतप्रतिशत टिकट बिक्रीले बेलायतमा नेपाली फिल्मप्रतिको आकर्षण पुनः पुष्टि गरेको आयोजक संस्थाले जनाएको छ।

यस फिल्मका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले आफ्नो फिल्म ‘हली’युकेमा प्रदर्शनका लागि बिक्री भइसकेको जानकारी दिए। उनीहरुको अनुसार राम्रै रकममा यो फिल्मको युके प्रदर्शनका लागि बिक्री भएको हो।

फिल्म प्रदर्शनमा आउन एक साता बाँकी छँदा नेपालमा पनि निर्माण टिमले व्यापक प्रचारप्रसार गरिरहेको छ। केहि दिनअघि फिल्मको प्रचारप्रसार स्वरुप नेपालको पुर्वी जिल्ला झापा,मोरङ,सुनसरी लगायतमा गरेका थिए। पुर्व तथा देशका विभिन्न स्थानमा फिल्मको प्रचारप्रसारलाई तिब्रता दिएको निर्माण टिमले दुई दिनअघि मात्रै नेपालको पश्चिमतर्फ दाङ,नेपालगञ्ज,धनगढीसम्म पुगेको थियो। त्यहाँ रहेका अधिकांश अटो तथा ई–रिक्सा फिल्मको पोस्टरले ढाकिएको थियो।

हिट निर्देशक ओम प्रतीकले निर्देशन गरेको यो फिल्मलाई व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेका हुन्।

नेपालमा चलेको छाउपडी प्रथाको कथालाई उठाएको यो विषयवस्तुले धेरैको मन छोएको छ। यस फिल्मको पोस्टर,टिजर तथा गीतहरुले दर्शकमाझ फिल्म हेर्नका लागि कौतुहलता जगाएको छ। निर्माण टिमले किसान वर्गलाई समेत विषयवस्तुमा उठाएको छ। त्यस कारण पनि यो फिल्मको चर्चा बढेको हो।  

निर्देशक ओम प्रतीकले नै लेखेको यस फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। यस फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित शीर्ष कलाकारहरूको विशेष नृत्य देख्न सकिन्छ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न सकिन्छ।

निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा गायक बाबुल गिरी र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत चलचित्रमा समावेश छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्। यस फिल्मको कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल  रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti