दुबईका चर्चित सामाजिक सञ्जाल कन्टेन्ट नेपाल आइपुगे दुबईका चर्चित सामाजिक सञ्जाल कन्टेन्ट नेपाल आइपुगे

दुबईस्थित चर्चित सामाजिक सञ्जाल कन्टेन्ट क्रिएटर तथा उद्यमी जामजाम ब्रदर्स नेपाल आइपुगेका छन् । जामजाम ब्रदर्सले सामाजिक सञ्जालमार्फत नेपाल आइपुगेको जानकारी सार्वजनिक गरेका हुन् ।

भाइरल भिडियो र जामजाम इलेक्ट्रोनिक्स ब्रान्डमार्फत अन्तर्राष्ट्रिय रूपमा परिचित उनीहरूको नेपाल आगमनसँगै सामाजिक सञ्जालमा नेपाली प्रशंसक उत्साहित देखिएका छन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढाकाटोपी लगाइदिएर स्वागत गरिएको छ । काठमाडौं एयरपोर्टमा संचारकर्मीसँग कुरा गर्दै उनीहरूले नेपालको मौसमको प्रशंसा गरे ।

उनीहरू पर्फ्युम ब्रान्ड लन्च गर्न नेपाल आएका हुन् । शनिबार दिउँसो १ बजे सिभिल मलमा उनीहरूले जामजाम पर्फ्युम लन्च गर्ने कार्यक्रम छ । आफ्ना भिडियोमार्फत उनीहरू संसारभर प्रसिद्ध छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti