कलाकार विष्णु सापकोटा ‘कमेडी बाज’ मा देखिए कलाकार विष्णु सापकोटा ‘कमेडी बाज’ मा देखिए

लामो समय ‘हर्के हल्दार’को परिचय बनाएका कलाकार विष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत फर्किएका हुन् । यसबीचमा उनी लामै समय टेलिभिजनबाट गुमनाम थिए ।

उनी आफ्नो परिचित पात्र हर्के हल्दारकै गेटअपमा प्रस्तुती दिनेछन् । आइतबार प्रसारण हुन लागेको नयाँ भागबाट उनी देखिदैछन् । आउन लागेको भागमा सुशील नेपाल, प्रताप दास, सिडी विजय अधिकारी र श्याम राना पाहुनाको रुपमा छन् ।

आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको शोमा उनी पर्फमरको भूमिकामा देखिनेछन् । अर्थात, हरेक साता हास्यव्यंग्य प्रस्तुति दिनेछन् ।

शोका निर्माता, निर्देशक तथा प्रस्तोता सुन्दर खनालका अनुसार सापकोटालाई अब निरन्तर शोमा देख्न पाइनेछ । उनले भनेका छन्, ‘दर्शकले निकै मन पराएको क्यारेक्टर हो हर्के हल्दार, त्यसैले दाईलाई आग्रह गरेर कमेडी बाजमा ल्याएका हौं, आशा छ दर्शकले उहाँको प्रस्तुतीबाट भरपुर मनोरन्जन लिनुहुन्छ ।’

प्रस्तोता खनालका अनुसार शोको शैली र संरचनामा केही परिवर्तन गरिएको छ । यसअघि ब्याटल शैलीमा हुने गरेको थियो । अब भने मनोरञ्जन प्रस्तुति थपिएको छ ।

शोमा सुन्दरसँगै आरती थापा होस्टको रुपमा छिन् । विकास धमला सहायक निर्देशक हुन् भने लेखन सुन्दर र सन्देश देवकोटाले गर्दै आएका छन् । शोलाई अमृत सुनुवारको टिमले खिच्दै आएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti