सुविन भट्टराईको अर्पण थापा नाटक अभिनयमा, कान्तिपुर थिएटरमा शुक्रबारदेखि सुविन भट्टराईको अर्पण थापा नाटक अभिनयमा, कान्तिपुर थिएटरमा शुक्रबारदेखि

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ ’मा आधारित नाटक शुक्रबारदेखि गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ ।

नाटकमा चर्चित फिल्म निर्देशक तथा अभिनेता अर्पण थापाले पनि अभिनय गर्दैछन् । उपन्यासभित्र रहेको लेखकको भूमिकामा थापालाई हेर्न पाइने भएको छ ।

कान्तिपुर फिल्म एकेडेमीको निर्माण तथा सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक हरेक दिन दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे नाटक प्रस्तुत गरिने जनाइएको छ ।

उपन्यासका मुख्य पात्र अतीत, साया र अन्य कलाकार भने खुलाइएको छैन । ती कलाकारलाई प्रिमियरमा मात्र सार्वजनिक गर्ने जनाइएको छ ।

यसअघि सोही नाटक घरमा चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित नाटक पनि मञ्चन गरिएको थियो । ‘समर लभ’ मञ्चन गर्ने तयारीबारे थिएटरका प्रकाश पुरीले भने, ‘उपन्यास पढेका दर्शकले आफूले कल्पना गरेका पात्र र कथालाई रंगमञ्चमा कसरी प्रस्तुत गरिएको छ भन्ने अनुभव गर्न पाउनेछन् ।’

कान्तिपुर थिएटरको वेबसाइटमार्फत टिकट काट्न सकिने जनाइएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti