मिस नेपाल लुना लुइँटेल ७३औं संस्करणको मिस वर्ल्डमा सहभागी मिस नेपाल लुना लुइँटेल ७३औं संस्करणको मिस वर्ल्डमा सहभागी

‘मिस नेपाल’ लुना लुइँटेल यस वर्षको ‘मिस वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन अहिले भियतनाममा छिन् । प्रतियोगिताको ७३औं संस्करण ९ अगस्टेदेखि ५ सेप्टेम्बरसम्म त्यहाँका विभिन्न सहरमा हुँदैछ । भियतनामले पहिलोपटक विश्व सुन्दरी प्रतियोगिता आयोजना गरेको हो ।

‘मिस नेपाल’ लुना लुइँटेल यस वर्षको ‘मिस वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन अहिले भियतनाममा छिन् । प्रतियोगिताको ७३औं संस्करण ९ अगस्टेदेखि ५ सेप्टेम्बरसम्म त्यहाँका विभिन्न सहरमा हुँदैछ । भियतनामले पहिलोपटक विश्व सुन्दरी प्रतियोगिता आयोजना गरेको हो ।

झन्डै १३० देश र क्षेत्रका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । त्यसतर्फ लाग्नुअघि लुनाले अनलाइनखबरसँग अन्तर्वार्ता दिँदै आफूले उत्कृष्ट प्रयास दिने बताइन् ।

आफूले यसबीच गरेका कामहरू सामाजिकरुपमा प्रभावकारी रहेको जनाउँदै उनले आफू मिस वर्ल्डमा सहभागी हुन शारिरिक, मानसिक र भावनात्मकरुपमा तयार रहेको बताइन् । ‘म शाकाहारी हुँ । फिजिकल पक्षमा अब कसरी आहार पुर्‍याउने भन्ने हुनसक्छ । थोरै कुरा त्यसलाई लिएर चिन्तित छु’ उनले भनिन् ।

आफ्ना लागि मिस वर्ल्ड क्राउन जित्नुभन्दा उच्च रहेको उनको कथन छ । सोहीअनुसार आफूले तयार गरेको उनी बताउँछिन् । उनी देशको नाम लिएर विदेशमा प्रतिस्पर्धा गर्न जानेका लागि सरकारले सघाउनुपर्ने बताउँछिन् । ‘सरकार र सम्बधित निकायले यसतर्फ सपोर्ट गर्न सके धेरै राम्रो हुनेछ’ कतिपय मुलुकले ब्यूटी पेजेन्टका लागि पनि मद्दत गरेको अनुभव सुनाउँदै उनले भनिन् ।

नेपाल ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा दाबेदार रहेको भएपनि यी विधामा जितका लागि आफूले कुनै अतिरिक्त दबाब नलिएको उनले बताइन् । ‘उत्कृष्ट दिने प्रयास गर्नेछु’ उनले भनिन् ।

‘ब्यूटी विथ पर्पस’ का लागि लुनाले पर्वतको फलेवासमा दुना टपरी उत्पादन कारखाना, शिक्षा र स्वास्थ्यको प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । यो प्रोजेक्टका लागि झन्डै डेढकरोड खर्च भएको उनले बताइन् ।

जित-हार प्राविधिक विषय भएको तर, मिस वर्ल्ड उद्देश्यहरूको प्रतिस्पर्धा भएको उनको भनाइ छ । लुनाको मिस नेपालको एकवर्षे कार्यकाल गतसाता दीपमाला ढकालले उपाधि जितेसँगै सकिएको छ । उपाधि अवधिभर आफूले धेरै कुराहरू सिकेको जनाउँदै लुनाले ब्यूटी विथ पर्पस प्रोजेक्टमार्फत आफू समाजसँग जोडिन सकेको बताइन् ।

अस्ट्रेलियाको सिड्नीमा नर्स अध्ययन गर्दै आएकी लुना मिस वर्ल्डपछि केही वर्ष अस्ट्रेलिया बसेर अध्ययनलाई सक्ने विचारमा छिन् । त्यसपछि नेपालमा फर्किएर सिकेको ज्ञान र अनुभवलाई स्वदेशमा काम गर्ने उनको विचार छ । ‘सिक, कमाउ र फर्क’ भन्ने नारासहित लुना मिस नेपालमा सहभागी भएकी थिइन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti