‘मास्टर्नी’को गीत ‘गुराँस फुल्दा’मा प्रियंका र बर्षा राउत भिडियोमा ‘मास्टर्नी’को गीत ‘गुराँस फुल्दा’मा प्रियंका र बर्षा राउत भिडियोमा

‘मास्टर्नी’  को अफिसियल गीत रिलिज भएको छ।  केहि दिन अगाडी सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाईरहेको बेलामा निर्माण टिमले चलचित्रको आधिकारिक गीत सार्वजनिक गरेको हो।  चलचित्रमा समावेश ‘गुराँस फुल्दा’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो।  मेलिना राईको स्वरमा रहेको गीतमा वसन्त सापकोटाको रि एरेन्ज र दयाराम दाहालको शब्द रहेको छ।

चलचित्र ‘सुपरस्टार’ मा समावेश यो गीतको अफिसियल रि- भर्सन चलचित्र ‘मास्टर्नी’  टिमले निकालेको हो।  सचिन सिंहको ओर्जिनल संगीत रहेको गीतमा साधना सरगमको स्वर रहेको छ।

गीतको भिडियोमा प्रियंका कार्की र बर्षा राउत फिचर रहेका छन्।  गम्भिर बिष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा पवन सुस्लिङ्गको छायांकन, सम्पादन र कलर रहेको छ।

आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र क्राइम थ्रिलर/ फ्यामेली ड्रमा जनरामा बनेको छ। चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको छ।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा तयार पारेका छन्।  सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रको कार्यकारी निर्माता हुन्।

चलचित्रको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ। युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आउंदैछ।

चलचित्रमा रोहित शाक्यको सङ्गीत, त्रिशाला गुरुङको गायन रहेको छ।  चलचित्रको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ।  चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti