‘गौंथली’ नेपाली फिल्मको इतिहासमा अहिलेसम्म दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८ औं दिन बिहीबार १ बजेसम्म यो फिल्मले देशब्यापी २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाएको छ ।
कपिल रिजाल निर्देशित फिल्मले ‘कबड्डी ४’ को कमाइ २१ करोड ४० लाख रुपैयाँ ग्रसलाई उछिनेको छ ।
सोही अवधिसम्म यो फिल्मलाई ७ लाख ९० हजार जना दर्शकले हेरेका छन् ।
सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड चाहिँ ‘पूर्णबहादुरको सारंगी’सँग छ, जसको कमाइ ४६ करोड ८७ लाख रुपैयाँ ग्रस छ ।

