प्रियंका कार्कीको आगामी फिल्म ‘मास्टर्नी’ विभिन्न कारणले चर्चामा छ । सुरुमा दुर्गेश थापाले कम्पोज गरेको प्रवर्धन गीतले फिल्मलाई चर्चा र विवाद निम्तायो ।
केन्द्रीय चलचित्र जाँच समितिले ‘मास्टर्नी’ हेर्न १६ वर्षभन्दा तलका दर्शकलाई रोक लगाएको छ । फिल्मले शुक्रबार एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ ।
यतिबेला भने, यो फिल्म अर्को कारणले चर्चामा छ । त्यो हो- १६ वर्षभन्दा मुनिका दर्शकले फिल्म हेर्न नपाउनु ।
त्यसपछि रिलिज भएको फिल्मको अफिसियल गीत ‘गुराँस फुल्दा’ लाई लिएर अभिनेत्री सुस्मिता केसीले असन्तुष्टि व्यक्त गरिन् । सुस्मिताले आफ्नो मौलिक गीतभन्दा यो गीत उत्कृष्ट नरहेको भन्दै फेसबुकमा स्टाटसै लेखेकी थिइन् ।
शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियंकासहित आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, ऋचा शर्मा, गौरी मल्ल, सरोज खनाल लगायतको अभिनय छ ।
यो फिल्म ५ भदौ (२१ अगस्ट)देखि प्रदर्शन तयारीमा छ ।



