पूजा चोपडा कार्यक्रमका लागि नेपाल आइन् पूजा चोपडा कार्यक्रमका लागि नेपाल आइन्

बलिउड अभिनेत्री तथा पूर्वमिस इन्डिया पूजा चोपडा केही दिनअघिसम्म नेपालमा थिइन् । एक कार्यक्रमका लागि नेपाली राजधानीमा आएकी उनले पशुपतिनाथ दर्शन पनि गरिन् ।

सौन्दर्य प्रतियोगितापछि अभिनयमा प्रवेश गरेकी चोपडाले सन् २०११ को तमिल फिल्म ‘पोन्नर शंकर’बाट फिल्म यात्रा सुरु गरिन् भने बलिउडमा ‘कमाण्डो : अ वन म्यान आर्मी’ बाट प्रमुख अभिनेत्रीका रूपमा चर्चा पाइन् । त्यसपछि उनी ऐयारी, बब्लु ब्याचलर र ‘जहाँ चार यार लगायतका फिल्ममा देखिएकी छिन् ।

कोलकातामा जन्मिएकी र पुणेमा हुर्किएकी चोपडाले मिस वल्र्डमा ‘ब्युटी विथ पर्पस’ विधा जित्ने पहिलो भारतीय सुन्दरी पनि हुन् । वञ्चित समुदायका बालिकाको शिक्षामा सहयोग गर्ने ‘नन्ही कली’ परियोजनासँगको उनको कामका लागि उक्त सम्मान प्रदान गरिएको थियो ।

नेपाल घुमेर भारत फर्किनुअघि उनले अनलाइनखबरसँग गफगाफ गरिन् भने मोडल वाचका लागि आकर्षक फोटो खिचाउन पनि तयार भइन् । सन् २००९ मा मिस इन्डियाको ताज जितेकी पूजाले ‘कमान्डो’बाट बलिउडमा यात्रा थालेकी थिइन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti